PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक छ : नेविसंघ



पहिलोपोस्ट

विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक छ : नेविसंघ

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक रहेको भन्दै शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरुन्त बन्द गर्न माग गरेको छ।

नेविसंघले विश्वविद्यालयलाई प्राज्ञिक र शैक्षिक उन्नयनको थलो नभई कार्यकर्ता भर्ती केन्द्रका रुपमा विकास गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ। नेविसंघले उपकुलपतिले शैक्षिक सुधारमा ध्यान केन्द्रित गर्नुको सट्टा सत्ताको चरम दुरुपयोग गर्दै नेविसघंका नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएर दुःख दिएको आरोप लगाएको छ।

विश्वविद्यालय परिसरमा सयौँको संख्यामा प्रहरी उपस्थित गराई विद्यार्थी तथा प्राध्यापकहरुलाई आतंकित पार्ने कार्यप्रति नेविसंघले विरोध जनाएको छ।

नेविसंघले भनेको छ, ‘विश्वविद्यालय शैक्षिक तपोभूमि हो, प्रहरीको परेड खेलाउने स्थल हैन।’

नेविसंघले वार्ता र संवादका माध्यमबाट त्रिविका सबै समस्याका समाधान खोज्न माग समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell