PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘डा केसीको अनशन, मेडिकल माफियालाई टेन्सन’ : डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

‘डा केसीको अनशन, मेडिकल माफियालाई टेन्सन’ : डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : ७ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी एलायन्स’ले सोमवार माइतीघरमा प्रदर्शन गरेको हो।

विभिन्न माग राखेर जुम्लामा ७ दिनदेखि अनशन बसेका डा केसीलाई उपचारका लागि भन्दै प्रहरीले शनिवार जबर्जस्ती अस्पताल लगेको थियो। डा केसीलाई अहिले उपचारको लागि नेपालगंज पुर्‍याइएको छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी बसन्त पन्तले उनी आफ्नै खर्चमा नेपालगन्ज गएको जानकारी दिए। जिल्लामा उपचार गर्न पनि कठिन हुने र पहिला पनि झडप भएकोले केसीलाई उनको टोलीले नेपालगञ्ज लगेको डीआइजी पन्तले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell