PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

साढे २५ करोड राजस्व छलीको अभियोगमा चार फर्मविरुद्ध मुद्दा दायर



पहिलोपोस्ट

साढे २५ करोड राजस्व छलीको अभियोगमा चार फर्मविरुद्ध मुद्दा दायर

काठमाडौं : राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (मुअक) र आयकर समेतबाट राजस्व छलेको अभियोगमा चार फर्मविरुद्ध मुद्दा दायर गरेको छ। विभागले आइतवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। चार फर्म र तीन अभियुक्तबाट विभागले २५ करोड ५७ लाख ९७ लाख ६८ रुपैयाँ बिगो दावी गरेको छ।

विभागले काठमाडौंका प्लान सप्लायर्स, विग प्लान ब्याग उद्योग, यस्तै भक्तपुरको एपी ट्रेड एण्ड सप्लायर्स र बनेपास्थित सम्मानित ट्रेड कन्सर्नविरुद्ध मुद्दा दायर गरेको हो। विभागले बिगो बमोजिमको जरिवाना र कैद सजाय पनि माग गरेको छ।

विभागका अनुसार विग प्लान सप्लायर्स र विग प्लान ब्याग उद्योगले मुअकतर्फ दुई करोड ६ लाख ५२३ बिगो दावी गरेको छ।

यस्तै, एपी ट्रेड एण्ड सप्लायर्ससँग मुअकतर्फ तीन करोड ७१ लाख ५१ हजार ४४१ रुपैयाँ र आयकरतर्फ आठ करोड ९८ लाख ९४ लाख ५८६ र सम्मानित ट्रेड कन्सर्नसँग मुअकतर्फ एक करोड ७७ लाख ६७ हजार ६२० र आयकरतर्फ चार करोड १२ लाख ८७ हजार १८३ रुपैयाँ बिगो दावी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell