PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आईपीएल : हैदरावादलाई बेङ्ग्लोरको १६४ रनको लक्ष्य



पहिलोपोस्ट

आईपीएल : हैदरावादलाई बेङ्ग्लोरको १६४ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग अन्तर्गत दुबईमा जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई १६४ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।

बेङ्लोरका लागि ओपनर देबदत्त पार्डिकलले सर्वाधिक ५६ रन जोड्दा एबि डि भिलर्सले ५१ रनको अर्धशतकीय पारी खेले। पाडिक्कलले आईपीएलको डेब्यु म्याचमै अर्धशतक प्रहार गरेका हुन्।

त्यस्तै आरोन फिन्सले २९ तथा कप्तान बिराट कोहलीले १४ रन जोडे।

उता हैदराबादका लागि टी नटराजन, विजय शंकर र अभिशेक शर्माले १/१ विकेट लिए।

हैदराबाद केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

तीन खेलाडीको डेब्यु

हैदराबाद र बेङ्ग्लोर बीचको खेलमा आज तीन खेलाडीले आईपीएल डेब्यु गरेका छन्। जसमा बेङ्ग्लोरको तर्फबाट देबदत्ता पाडिक्कल र जोस फिलिपी रहेका छन् भने हैदराबादको तर्फबाट प्रियम गर्ग रहेका छन्। तीनै जना खेलाडी २० वर्षीय हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell