PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वुल्भ्सलाई हराउँदै म्यानचेस्टर सिटीको सुखद सुरुवात



पहिलोपोस्ट

वुल्भ्सलाई हराउँदै म्यानचेस्टर सिटीको सुखद सुरुवात

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वुल्भरह्याम्टनलाई हराउँदै म्यानचेस्टर सिटीले सुखद सुरुवात गरेको छ। मोलिन्युक्स स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई ३-१ ले हराउँदै सिटीले लिगमा सुखद सुरुवात गरेको हो।

खेलको २० औं मिनेटमा सिटीले अग्रता बनाएको थियो। केभिन डी ब्रुइनलाई वुल्भसका रोमेन सेइसले फउल गरेपछि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेलमा अग्रता बनाएका थिए। त्यस्तै ३२ औं मिनेटमा फिल फोडेनले रहिम स्टर्लिङको पासमा गोल गरे। इङ्ग्ल्याण्डको राष्ट्रिय टिमको क्याम्पमा रहँदा कोरोनाभाइरस क्वारेन्टिन गाइडलाइन्स तोडेबापत उनी कारवाहीमा परेका थिए। त्यसयता उनको यो पहिलो गोल हो। पहिलो हाफमा सिटी २ गोलले अगाडी रह्यो।

दोस्रो हाफमा घरेलु टोलीले गोल फर्कायो। खेलको ७८ औं मिनेटमा रउल जेमिनेजले गोल गर्दै खेलमा वुल्भसलाई फर्काउन चाहे। तर उल्टै दोस्रो हाफको अतिरिक्त समयमा सिटीले गोल गर्दा वुल्भ्स ३-१ ले पराजित हुन पुग्यो। सिटीका लागि केभिन डी ब्रुइनको पासमा गाब्रिय जिससले गोल गरे।

लिगमा वुल्भसले यसअघि सेफिल्ड युनाइटेडलाई हराएको थियो। उता सिटीले भने जारी सिजन पहिलो खेलमै जित निकाल्दै लिगमा सुखद सुरुवात गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell