PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

इटालियन ओपनको उपाधि नोभाक जोकोविचलाई



पहिलोपोस्ट

इटालियन ओपनको उपाधि नोभाक जोकोविचलाई

विश्व नम्बर १ नोभाक जोकोबिचले इटालियन ओपनको उपाधि जितेका छन्। यसअघि युएस ओपनमा 'डिस्क्वालिफाइ' भएका जोकोबिचले अर्जेन्टिनी खेलाडी डिएगो स्वार्चमेनलाई हराउँदै इटालियन ओपनको उपाधि जितेका हुन्।

सामाजिक दुरी कायम गर्दै १००० जना दर्शक फाइनल खेलमा उपस्थित थिए। जहाँ सर्बियन खेलाडी जोकोविचले फाइनलमा स्वार्चमेनलाई ७-५, ६-३ को अन्तरले हराए।

'म एकदमै खुशी छु,' जोकोविचले भने, 'यो महान हप्ता एकदमै चुनौतीपूर्ण पनि थियो। मलाई लाग्दैन यो हप्ता मैले मेरो सबैभन्दा उत्कृष्ट टेनिस खेलेँ। तर मलाई लाग्छ मैले निर्णायक क्षणमा भने उत्कृष्ट खेलेँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell