PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी



पहिलोपोस्ट

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

पहिलो खेलमै साविक विजेता मुम्बइ इण्डियन्सलाई हराउँदै लिगमा सुखद सुरुवात गरेको चेन्नइ अनुभवी खेलाडीले भरिएको छ। अझ पहिलो खेलमा निकालेको जितले आत्मविश्वास पनि बढाउने नै भयो।

अर्कोतर्फ विदेशी खेलाडीहरु निर्भर देखिएको राजस्थान रोयल्सको अवस्था फरक छ। आईपीएलको आफ्नो पहिलो खेलमा महत्वपूर्ण खेलाडीहरुबिनै उत्रनु पर्ने अवस्था देखिएको छ राजस्थानको। बेन स्टोक टिमबाहिर छन्। उनी आफ्ना बिमारी बुवासँग न्युजिल्याण्डमै छन्। लिग चरणमा उनको अनुपस्थितिले टिमको सन्तुलन बिगार्ने सम्भावना पक्कै हुन्छ नै।

टाउकोमा चोट लागेका कप्तान स्टीभ स्मीथले पनि खेल्ने/ नखेल्ने भन्ने अझै निर्क्योल छैन। यदि मेडिकल टिमले उनलाई खेल्ने अनुमती नदिने हो भने राजस्थानका लागि यो ठूलो झट्का हुनसक्छ।

त्यस्तै जोस बटलर पनि टिममा रहने छैनन्। उनी आफ्नो परिवारसँग छुट्टै आएकाले ३६ घण्टा अनिवार्य क्वारेन्टिनको नियम अनुसार पहिलो खेलमा उनी उपलब्ध हुनेछैनन्।

यसरी दुवै टिमलाई हेर्दा चेन्नई केही बलियो अवस्थामा देखिन्छ।

विदेशी खेलाडीमा निर्भर राजस्थान

राजस्थानको खेल धेरै हदसम्म विदेशी खेलाडीमा निर्भर छ। बलिङमा मुख्य जिम्मेवारी जोफ्रा आर्चर र एन्ड्र्यु टाइमाथि हुनेछ। यस्तोमा रन बनाउने मुख्य जिम्मेवारी दक्षिण अफ्रिकाका डेबिड मिलरमाथि हुने देखिन्छ। रोयल्सका भारतीय खेलाडीहरु खासै राम्रो जम्न सकेका छैनन्। सञ्जु सेमसन, रबिन उथप्पा, जयदेव उनादकट, वरुण एरोनलगायतका खेलाडीहरुले खास संझनलायक उपलब्धिहरु हात पारेका छैनन्।

चेन्नइका चम्केका खेलाडी

पहिलो खेलमै सुखद नतिजा निकालेको चेन्नइमा स्टार खेलाडीहरुको कमी छैन्। सेम कर्रनले सानदार अलराउण्ड प्रदर्शन गर्दै ड्वेन ब्राभोको अभाव खड्किन दिएनन् जो चोटका कारण केही खेलमा बाहिरै रहनेछन्। त्यस्तै अंबाती रायडु र फाफ डुप्लेसिसले पनि यसअघि अपेक्षाकृत नै प्रदर्शन गरेका थिए। इमरान ताहिर, सुरेश रैनाजस्ता नियमित र महत्वपूर्ण खेलाडी बिनै मैदान उत्रिएको चेन्नइले मुम्बइमा सन्तुलन नबिगारि निकालेको जितले पनि चेन्नइको लय लाई देखाउँछ। रैना आइपिएल सुरु नहुँदै भारत फर्किएका थिए।

युवा खेलाडीको भरमा राजस्थान

राजस्थान रोयल्समा विदेशी मुख्य खेलाडीहरु उपलब्ध नहुने देखिँदै गर्दै टिमका युवा खेलाडीहरु टिमले उतार्ने देखिन्छ। युवा फास्टबलर कार्तिक त्यागी, आकाश सिंहलगायतका खेलाडीहरुले आफ्नो क्षमता देखाउने मौका पाउने देखिन्छ भने ब्याटिङमा यशस्वी जसवाल, अनुराज रावत, रियान पराग, शशांक सिंह जस्ता आक्रामक ब्याट्सम्यानहरुले मौका पाउन सक्छन्।

यी दुई टोलीबीच हालसम्म २२ खेल भएका छन् जसमा १४ खेल चेन्नइले र ८ खेल राजस्थानले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell