PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बौद्धबाट रक्तचन्दनसहित चार जना समातिए, मुख्य अभियुक्त भने अझै फरार



पहिलोपोस्ट

बौद्धबाट रक्तचन्दनसहित चार जना समातिए, मुख्य अभियुक्त भने अझै फरार
फाइल फोटो

काठमाडौः रक्तचन्द तस्करीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बौद्धबाट सोमबार पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले २१ किलो ९ सय ग्राम रक्तचन्दन समेत बरामद गरेको छ। उनीहरुले रक्तचन्दलाई डम्बरुमा हालेर तस्करी गर्ने गरेको खुलेको छ।'डम्बरुभित्र रक्तचन्दन हाल्ने अनि अर्को ठाउँमा पठाउने गरेको देखिन्छ।' एक प्रहरी अधिकृतले भने। प्रहरीले बौद्धको डम्बरु बनाउने उद्योगबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। तस्करीमा संलग्न अरुको खोजीभइरहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले रक्तचन्दन भारतबाट ल्याएर केही रिफाइन गरेर अर्को देशमा पठाउने गरेको देखिएको छ। प्रहरीले बरामद गरेको रत्तचन्दनको मुल्य ८ हजार रुपैयाँ केजीसम्म बेच्ने गरेको अनुसन्धानमा खुलेको छ। तस्करीमा संलग्न मुख्य अभियुक्त भने अझैं फरार रहेकाले खोजी भइरहेको छ।' मुख्य अभियुक्तलाई खोजी गरिरहेका छौं। अरुतिर पनि लुकाएको हुनुपर्छ भन्ने आशंका छ।' एक प्रहरी अधिकृतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell