PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मोरङको बुद्ध माविमा कक्षाकोठामै यसरी शुरु भयो पढाई, १६ फोटो

मोरङको बुद्ध माविमा कक्षाकोठामै यसरी शुरु भयो पढाई, १६ फोटो

फूलमाया पुरी/पहिलोपोस्ट


विराटनगर : मोरङको केराबारी गाउँपालिकामा रहेको बुद्ध माविले कोभिड-१९ जोखिमका कारण गत चैतबाट ठप्प भएको पठनपाठन सञ्चालनमा ल्याएको छ।

वडा ९ मा रहेको बुद्ध माविले आइतवारबाट पठनपाठन शुरु गरेको विद्यालयका प्रधानाध्यपक छवि धमलाले जानकारी दिए।

विद्यार्थीका लागि मास्क, फेससिल्ड र भौतिक दुरी अनिवार्य गरिएको धमलाले बताए।

'विद्यालयको गेटभित्र पस्नासाथ सबैले साबुन पानीले हात धुन्छन्। कक्षाकोठामा पस्नु अघि पनि पुन हात धुन्छन्। त्यसपछि फेस सिल्ड लगाउँछन् र भौतिक दुरी कायम गरी कक्षाकोठामा बस्छन्,' उनले भने।

यसरी शुरु भयो पढाई

असोज १ गते अभिभावक र विद्यालय प्रशासनको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। २ गते विद्यालय स्यानीटाइजपछि आइतवारबाट विद्यालय सञ्चालनमा आएको हो।

भर्चुअल कक्षाको भरमा केही नहुने देखिएपछि शिक्षक र अभिभावक विद्यालयमै पढाई गर्नुपर्ने निष्कर्षमा पुगेको धमलाले बताए।

'केराबारी ९ देवी झोडा दुइतिर जंगलले छेकेको बिचमा खोला भएको भाग छ। जहाँ नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम गर्दैन। एनसेलको पनि भरपर्दो सुविधा छैन,' धमलाले भने, 'त्यसैले पनि यहाँका १७ प्रतिशत विद्यार्थी र उनीहरुको अभिभावकको ब्याकग्राउन्डको आधारमा यस्तो निर्यण भयो।'

त्यसो त असार २८ गतेबाट साउन १५ सम्म पनि बुद्धले पठनपाठन सञ्चाचलन गरेको थियो। कोरोना संक्रमण पुन बढ्न थालेपछि पढाई स्थगित भएको थियो। 'अहिले केराबारीमा लगभग कोराना संक्रमण शून्य नै देखिन्छ। त्यसमा पनि हाम्रो क्षेत्र शून्य नै छ। त्यसैले पनि अभिभावक सरोकारवाला सबैको सहमतिमा भौतिक दुरी कायम गरी अध्ययन अध्यापन शुरु गरिएको हो,' उनले भने।

कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई भने नियमित पढाईमा सहभागी गराइएको छैन।

कक्षा १० सम्म पढाई हुने यस विद्यालयमा हाल ५ सय बढी विद्यार्थी छन्। 

गाउँपालिका शिक्षा शाखाका शाखा अधिकृत अर्जुन घिमिरेले स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुरुवात भएको बताए। 'हामी सम्भव भएसम्मका उपायहरु खोजेर सिकाइलाई अगाडि बढाउन लागि परिरहेका छौं,' घिमिरेले भने।



ट्रेन्डिङ पोस्ट

Ncell