PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

पहिरोमा पुरिएर गुल्मीमा दुई जनाको मृत्यु



रासस

पहिरोमा पुरिएर गुल्मीमा दुई जनाको मृत्यु

गुल्मी : ईस्मा गाउँपालिका-२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। सोमवार राति गएको पहिरोमा पुरिएर बेपत्ता बनेका दुई जना मंगलवार बिहान मृतावस्थामा फेला परेका छन्।

इस्मा गाउँपालिका-२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव मंगलवार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरोबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए।

सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरोमा पुरिएर बेपत्ता बनेका थिए। घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन्। सोमवार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell