PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रहरीको निगरानीमा ट्रमाभित्र डा गोविन्द केसी, समर्थकलाई रोक्न प्रहरीको पहरा

प्रहरीको निगरानीमा ट्रमाभित्र डा गोविन्द केसी, समर्थकलाई रोक्न प्रहरीको पहरा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: अनशनरत डा. गोविन्द केसीलाई प्रहरीले कडा सुरक्षाका साथ वीर अस्पतालको ट्रमा सेन्टरमा राखेको छ। नेपालगन्जबाट टिचिङ अस्पताल हिँडेका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको हो।

जुम्लामा ८ दिनसम्म अनशन बसेका केसी सोमवार नेपालगञ्ज आएका थिए भने मंगलवार काठमाडौं। त्रिभुवन विमानस्थलबाट उनलाई प्रहरीले सीधै ट्रमा सेन्टरमा लिएको हो।

उनले आफू त्रिवी शिक्षण अस्पतालमा जाने बताए पनि प्रहरीले कोभिड-१९ को संक्रमणको कारण देखाएर जबरजस्ती ट्रमामा लिएको थियो। अहिले उनका समर्थक अस्पतालभित्र पस्न नदिन प्रहरीले कडा पहरा दिइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell