PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रियालाई थप १४ दिन हिरासतमा राख्न अदालतको अनुमति



पहिलोपोस्ट

रियालाई थप १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुशान्तसिंह राजपुतको निधनमा मुख्य आरोपी रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सुशान्तको निधनसँग जोडिएको लागुऔषध मुद्दामा रिया अब ६ अक्टोबरसम्म नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को हिरासतमा रहनेछिन्। रियाका भाई शौविकसहित अन्य व्यक्तिहरु पनि लागुऔषध दुर्व्यवसनी तथा ओसारपसारमा संलग्न भएको आरोपमा हिरासतमा छन्।

रियाका वकिल सतीश मानेशिन्देले बाम्बे हाई कोर्टमा जमानतका लागि निवेदन दिएका छन्। जसमाथि भोलि २३ सेप्टेम्बरमा सुनुवाइ हुँदैछ।

लागुऔषध दुर्व्यसनीमा अभिनेत्रीहरु रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर र दीपिका पादुकोण पनि संलग्नता रहेको पाइएको छ। चारै अभिनेत्रीलाई सोधपुछमा बोलाउने एनसीबीको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell