PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाख्रा चराएर फर्किने क्रममा खोलाले बगाउँदा एक युवतीको मृत्यु



रासस

बाख्रा चराएर फर्किने क्रममा खोलाले बगाउँदा एक युवतीको मृत्यु

नवलपुर : देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका-१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो।

बाख्रा चराएर फर्किदा देवचुली-१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)ले जनाएको छ। सारुलाई सोमवार दिउँसो खोलाले बगाएपछि स्थानीयवासीले उद्धार गरेर चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पुर्‍याएका थिए।

उनको उपचारकै क्रममा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। सारुको शव मंगलवार भरतपुर अस्पतालमा शवपरीक्षणपश्चात् परिवारलाई बुझाइएको खाँणले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell