विराटनगर : प्रदेश १ मा मंगलवार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ७३ महिला र ९३ पुरुष रहेका छन्।
मंगलवार थपिएका संक्रमितहरुमा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष रहेका छन्।
त्यस्तै, सुनसरीकै दुहवीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
त्यसैगरी मोरङको बुढीगंगामा ८ महिला र १५ पुरुष, विराटनगरमा ११ र महिला १० पुरुष, बेलबारीमा ५ महिला र ३ पुरुष, रंगेलीमा २ ,जहदामा १ पुरुष तथा पथरीशनिश्चरेमा १ महिलामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ।
झापाको दमकमा ७ महिला र ९ पुरुष, मेचीनगरमा २ महिला र १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष तथा कमलगाउँपालिका र स्थानीय तह नखुलेका १/१ महिलामा पनि संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला र ४ पुरुषको पनि मंगलवार नै पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ५९ पुगेको छ। प्रदेश १ मा मंगलवार ३७ जना डिस्चार्ज भएका छन्।
जसमा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग वाणिज्य संघ आइसोलेसन ताप्लेजुङबाट ३, होमआइसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १/१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ९१ पुगेको छ।
प्रदेश १ मा मंगलवार १ हजार ३ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ मा हालसम्म १ लाख १७ हजार ८ सय ८८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।