PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

रोल्पामा नौ किलो ८२ ग्राम अफिमसहित दुई जना महिला पक्राउ



रासस

रोल्पामा नौ किलो ८२ ग्राम अफिमसहित दुई जना महिला पक्राउ

रोल्पा : रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको मंगलवार जानकारी दिएको हो।

लागुऔषध अफिम ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी निरीक्षक शङ्कर खड्का नेतृत्वको टोलीले लागुऔषधसहित ती महिलालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा थवाङ गाउँपालिका-२ ठूलो गाउँ बस्ने वर्ष ३६ की बिनज्योति रोका र ४५ वर्षीया मुली झाँक्री रहेको प्रहरीले जनाएको छ।

बिनज्योतीले बोकी ल्याएको झोलाभित्र प्लास्टिकको पोकाभित्र बाँधेको अवस्थामा चार किलो ९३५ ग्राम अफिमसहित एक थान तराजु, विभिन्न दरका भारतीय सिक्का र पाँच ग्रामको फलामको ढक फेला परेको थियो भने मुलीले बोकेको झोलाबाट चार किलो ८८५ ग्राम अफिम फेला परेको प्रनि खड्काले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell