PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राजस्थानले चेन्नाइलाई दियो २१७ रनको लक्ष्य



पहिलोपोस्ट

राजस्थानले चेन्नाइलाई दियो २१७ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनाएको हो।

आईपीएलको जारी सिजन यो सबैभन्दा ठूलो स्कोर हो।

राजस्थानका लागि सञ्जु सामसनले सर्वाधिक ७४ रन बनाउँदा कप्तान स्टिभ स्मीथले ६९ रन बनाए। त्यस्तै जोफ्रा आर्चरले आक्रमक ब्याटिङ गर्दै ८ बलमा २७ रन जोडे।

उता चेन्नइका लागि साम करनले सर्वाधिक ३ विकेट लिँदा दीपक चहार, लुन्गी न्गिदी र पियुस चावलाले समान १/१ विकेट लिए।

चेन्नई केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell