PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

डा. केसीमाथि दुर्व्यवहार भएकोमा चिकित्सक संघको आपत्ति, ‘इच्छा विपरीत अस्पताल लगिनु राज्यको ज्यादती’



पहिलोपोस्ट

डा. केसीमाथि दुर्व्यवहार भएकोमा चिकित्सक संघको आपत्ति, ‘इच्छा विपरीत अस्पताल लगिनु राज्यको ज्यादती’

काठमाडौं : डा गोविन्द केसीलाई उपचारको लागि भन्दै जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। एक नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि स्वास्थ्य संस्था छनौट गर्न पाउने अधिकारको बञ्चित गर्दै सुरक्षाकर्मीहरुबाट भएको ज्याजतीपूर्ण व्यवहारप्रति संघले आपत्ति प्रकट गरेको छ।

डा केसीलाई जुम्लाबाट नेपालगञ्ज हुँदै त्रिवि शिक्षण अस्पताल जाने क्रममा मंगलवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ट्रमा सेन्टरमा लगेको थियो।

संघले भनेको छ, ‘लोकतान्त्रिक मूल्य, मान्यताविपरित कानूनी राज्यको उपहास गर्दै अपहरणको शैलीमा उहाँको इच्छा विपरित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रति नेपाल चिकित्सक संघ गम्भिर दुःख व्यक्त गर्दछ।’

डा केसीले जुम्लाको चन्दननाथनगरपालिका-६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरबाट १९ औँ सत्याग्रहको शुरु गरेका थिए। उनलाई यसअघि पनि उपचारको लागि भन्दै प्रहरीले जबर्जस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो।

संघले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि शान्तिपूर्ण रुपमा गरिएको सत्याग्रहको भावना र मर्मलाई नेपाल सरकारले गम्भिर रुपमा मनन गर्दै अबिलम्ब बार्ताद्वारा मागहरुको सम्बोधन गर्न माग समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell