PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

डा. केसीमाथि दुर्व्यवहार भएकोमा चिकित्सक संघको आपत्ति, ‘इच्छा विपरीत अस्पताल लगिनु राज्यको ज्यादती’



पहिलोपोस्ट

काठमाडौँः नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई प्रहरीले कानुनी राज्यको उपहास गर्दै दुर्व्यवहार गरेको भन्दै घटनाको भर्त्सना गरेको छ। संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्पताल जाने क्रममा भएको घटनाको विरोध गरेको हो।

‘जुम्लाबाट नेपालगञ्ज हुँदै त्रिवि शिक्षण अस्पताल जाने क्रममा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षाकर्मीहरुले डा. केसीलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरीत कानुनी राज्यको उपहास गर्दै अपहरणको शैलीमा उहाँको इच्छा विपरीत राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघ गम्भीर दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा डा. केसीसँग सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयनको माग पनि गरिएको छ। नागरिकले स्वास्थ्य संस्था छनोट गर्न पाउने अधिकारबाट वञ्चित गरिनु आपत्तिजनक भएको संघको निष्कर्ष छ।

केसीका जायज माग पूरा गर्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell