PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

बर्दियाका कोरोना संक्रमितको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु



रासस

बर्दियाका कोरोना संक्रमितको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु

बाँके : कोहलपुरमा उपचारका क्रममा मंगलवार एक कोरोना संक्रमितकोे मृत्यु भएको छ। बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए। योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको संख्या पाँच जना पुगेका छन्।

यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell