PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

६ दिनमा १ लाख मानिस काठमाडौं भित्रिए, २४ हजार सवारी साधन बाहिरिए



पहिलोपोस्ट

६ दिनमा १ लाख मानिस काठमाडौं भित्रिए, २४ हजार सवारी साधन बाहिरिए

काठमाडौं : सरकारले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक सवारीसाधन संचानलनमा आएपछि काठमाडौं उपत्यकाभित्र करिब २४ हजार सवारी साधन भित्रिएका छन्।

असोज १ गतेदेखि ६ गते साँझसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार विभिन्न नाकाबाट २४ हजार ३ सय ४७ वटा सवारी साधन भित्रिएका छन्। त्यस्तै त्यसरी आउने सवारी साधननमा १ लाख १ हजार १ सय ६ सय २८ जना यात्रु काठमाडौं प्रवेश गरेको देखिन्छ।

काठमाडौं छोड्ने सवारी साधनको सङ्ख्या पनि उतिकै मात्रामा छ। २४ हजार ६ वटा सवारी साधन काठमाडौंबाट विभिन्न जिल्लामा गएका छन्।  त्यसैगरी २४ हजार ७ सय मानिसले काठमाडौं छोडेका छन्।

लकडाउनको समयमा काठमाडौंका विभिन्न नाकाबाट दैनिक २ हजारको सङ्ख्यामा अत्यावश्यक सवारी साधन नाकाबाट आवतजावत गर्ने गरेका थिए। सार्वजनिक सवारी साधन र लामो दुरीको सवारी संचालनमा आएछि नाकाबाट बाहिरिने र भित्रिने सवारी सङख्या बृद्धि भएको  ट्राफिक प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell