PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

निहत्थामाथि सुरक्षाकर्मीको कुटपिट सार्वजनिक हुन थालेपछि उपत्यकाभित्रका प्रहरीलाई मानव अधिकार र कोभिड १९ बारे कक्षा



पहिलोपोस्ट

निहत्थामाथि सुरक्षाकर्मीको कुटपिट सार्वजनिक हुन थालेपछि उपत्यकाभित्रका प्रहरीलाई मानव अधिकार र कोभिड १९ बारे कक्षा

काठमाडौं : पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीलाई कोभिड १९ संक्रमण फैलिने दर बढ्दै गएको छ। त्यस्तै विभिन्न प्रर्दशन, र्‍याली तथा भिड नियन्त्रण गर्न खटिएका केही प्रहरीले गर्ने व्यवहारले प्रहरी आलोचित पनि बन्ने गरेको छ। प्रहरीले मानवअधिकार उल्लङ्घन गर्ने गरेको आरोप लाग्दै आएको छ।

प्रहरीभित्र कोभिड १९ ले पारेको असर र मानव उल्लघन गर्ने विषयलाई लिएर महानगरीय प्रहरी कार्यालय, रानीपोखरी अन्तर्गतका प्रहरीलाई दैनिक कक्षा संचालन गर्ने भएको छ। करीब ढेड घण्टा संचालन हुने कक्षामा मानव अधिकारी कार्यन्वयन र कोभिड १९ बाट जोगिन, प्रहरीको मनोवल उच्च राख्नको लागि प्रशिक्षण गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआइजी विश्वराज पोखरेलले बताए।

'पछिल्लो समय मानव अधिकार उल्लङ्घनको कुरा उठिरहेको छ। यस विषयमा जानकारी दिन्छौं। त्यसैगरी प्रहरीले आम मानिसलाई कोरोना छ कि आम मानिसले ड्युटीमा खटिएका प्रहरीमा कोरोना छ कि भनेर आशंका पैदा भएको छ। यसलाई कसरी समधान गर्ने विषयमा पनि कक्षामा जानकारी दिइन्छ,' डीआइजी पोखरेलले भने।

कार्यालयले दुई जना एसएसीको नेतृत्वमा कक्षा संचालन गर्ने तयारी गरिसकेको छ। बुधवार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कक्षा संचालन हुँदैछ। यसो प्रशिक्षण कक्षामा सबै प्रहरी कर्मचारी संलग्न अनिवार्य रहेको छ।

'सबै तहका प्रहरीलाई समेट्छौं। ड्युटीमा खटिएका प्रहरीको पनि समय मिलाएर कक्षा लिनुपर्ने हुन्छ। उनीहरुको परिवार र कोभिड संक्रमणले पारेको असरबारे जानकारी पनि लिइन्छ,' डिआइजी पोखरेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell