PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पहिलो खेलमा हार ब्यहोरेको मुम्बई जितको खोजीमा कोलकतासँग भिड्दै, आक्रमक ब्याट्सम्यानहरुको गेम



पहिलोपोस्ट

पहिलो खेलमा हार ब्यहोरेको मुम्बई जितको खोजीमा कोलकतासँग भिड्दै, आक्रमक ब्याट्सम्यानहरुको गेम

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बइ इण्डियन्स र कोलकता नाइटराइडर्स भिड्दै छन्। आज साँझ पौने ८ मा शेख जायद स्टेडियम अबुधावीमा हुने खेलमा मुम्बइ र कोलकता आमनेसामने हुनेछन्। आईपीएलको साविक विजेतासमेत रहेको मुम्बइले पहिलो खेलमा चेन्नइसँग ५ विकेटले पराजित भएको थियो। अर्कोतर्फ कोलकता जारी सिजनमा आफ्नो पहिलो खेलका उत्रँदै छ।

दुबै टिममा ठूला सर्ट खेल्ने खेलाडीहरुको कमी छैन। चारैतर्फ छक्का मार्ने कोलकताका आक्रामक ब्याट्सम्यान शुभमन गिलको यो तेस्रो आईपीएल हो। उता मुम्बइका कप्तान रोहित शर्मा विस्फोटक ब्याटिङ गर्ने हिटम्यान हुन्।

कोलकताले सन् २०१४ यता फाइनलको यात्रा तय गरेको छैन। दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकतामा विश्वकप विजेता स्कीपर इयोन मोर्गनसँग टेस्ट क्रिकेटमा नम्बर १ बलर प्याट कमिङ्स पनि छन्।

त्यस्तै केकेआरसँग टी २० का आक्रमक ब्याट्सम्यान आन्द्रे रसेल छन्। पछिल्लो सत्रमा ५२ छक्का प्रहार गर्ने रसेललाई पछाडि ब्याटिङमा पठाएको भनेर आलोचना पनि भएको थियो। यसपटक उनी तेस्रो नम्बरमा आउने बताइएको छ। आजको खेलमा मुम्बइका हार्दिक पाण्ड्या र रसेलबीचको प्रतिस्पर्धा हेर्नलायक हुनेछ। यद्यपि यसअघिको क्यारेबियन प्रिमियर लिगमा रसेलको फितलो प्रदर्शनले भने उनको खेल कस्तो हुने हो भन्नेमा अझै द्विविधा नै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell