PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

समकालीन कविहरुको समूह 'पी सेभेन'को आयो 'यतैकतै'



पहिलोपोस्ट

समकालीन कविहरुको समूह 'पी सेभेन'को आयो 'यतैकतै'

काठमाडौं : समकालीन सात कविका संयुक्त कविता संग्रह 'यतै कतै' बजारमा आएको छ। संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ।

आआफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन्। उनीहरुका कवितामा देशको पछिल्लो तस्वीर मात्र होइन यो पुस्ताले भोगेको त्रासदीपूर्ण जीवन र संभावनाको अनन्त उज्यालो पढ्न सकिन्छ। द्वन्द्वको घाउ र राजनीतिक पटाक्षेपसँगै मानिसको बाँच्ने चाहना र त्यसका लागि गरिने संघर्ष कवितामा अनुभूत हुन्छ।

समवयी सृजन कौशलसहित चालीसदेखि पचासको दशकसम्ममा स्थापित सर्जकहरुको काव्यिक सोचको एक मुष्ट साक्षीको रुपमा 'यतै कतै' कृतिको प्रकाशन गरेको विएन पुस्तक संसार प्रालिका प्रमुख सूर्य बीसीले जनाएका छन्। कितावको मूल्य तीन सय रुपैयाँ तोकिएको छ। कविताको क्षेत्रमा स्थापित यी सात कविहरुले 'पी सेभेन' समूह गठन गरी कविताको अध्ययन, अनुसन्धान र अनुवादका कामहरु गर्ने जनाएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell