PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

कोरोना संक्रमणका कारण झापाका एक जनाको मोरङमा मृत्यु



फूलमाया पुरी

कोरोना संक्रमणका कारण झापाका एक जनाको मोरङमा मृत्यु

विराटनगर : विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मोरङको बुढीगँगास्थित अस्पतालमा झापाको भद्रपुरका ८७ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका छाती रोग विशेषज्ञ तथा फोकल पर्सन डा.पुरु कोइरालाले जानकारी दिए।

डा.कोइरालाका अनुसार आइसीयूमा उपचाररत ती व्यक्तिको बुधवार विहान ५:५० मा मृत्यु भएको हो।

‘उहाँलाई एक दिन अस्पतालको जनरल आइसीयूमा राखेर उपचार गर्‍यौं,’ उनले भने ‘अर्को दिन रिपोर्ट पोजेटीभ आएकाले कोभिड अस्पतालको आइसीयूमा राखेका थियौं आज बिहान मृत्यु भयो।’

सोमवार अस्पताल भर्ना भएका ती व्यक्तिमा निमोनिया र मिर्गौलामा समस्या थियो। अस्पताल भर्ना हुनासाथ तत्काल स्वाब संकलन गरी सोही दिन कोशी अस्पताल प्रयोगशाला पठाइएको थियो।

मंगलवार ती व्यक्तिको पीसीआर रिपोर्ट पोजेटीभ आएको डा. कोइरालाले बताए।

ती व्यक्तिमा मिर्गौला, मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घ रोगको पनि समस्या भएको उनले बताए।

त्यसो त अस्पतालले ती वृद्धलाई भेन्टीलेटरमा राखेर उपचार गर्न खोजेको तर बिरामीका परिवारका सदस्यले भेन्टीलेटरमा राख्न नपानेको डा. कोइरालाको भनाई छ।

अस्पतालमै रहेको मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell