PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ



रासस

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर : आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय श्याम राई (नाम परिवर्तन)लाई पक्राउ गरेको हो।

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजुरीमा उल्लेख छ। प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell