PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सक्रिय संक्रमित २५ हजार कटे फेरि लकडाउन : स्वास्थ्य मन्त्रालय



पहिलोपोस्ट

सक्रिय संक्रमित २५ हजार कटे फेरि लकडाउन : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार भन्दा बढी भएमा लकडाउन गर्न सिफारिस गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयमा बुधवार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले जनस्वास्थ्यको मापदण्ड पालन गर्न नसकिने सबै सेवालाई एक महिना नखोल्न सिफारिस गर्ने पनि निर्णय गरेको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। 'संक्रमण बढिरहेकाले मापदण्ड पालन गराउन नसकिने सबै सेवा एक महिना नखोल्न सिफारिस गरिनेछ। कुनै दिन २५ हजार भन्दा बढि सक्रिय संक्रमित भएमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ,' उनले भने।

आज सक्रिय संक्रमित १७ हजार ४ सय १४ रहेको छ। उनले सक्रिय संक्रमित बढदै गए सरकारलाई ब्यवस्थापन गर्न गाह्रो हुने भएकाले पनि लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको बताए।

यस्तै, अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेस्क स्थापना गर्नका लागि कर्मचारीको दरबन्दी स्वीकृत भएको छ। संक्रमितको उपचारका क्रममा सेवा प्रवाहवारे गुनासो आएको र अनुगमन गर्ने तथा कारवाहीका लागि सिफारिस गर्ने पनि आइसीएसले निर्णय गरेको छ।

प्रवक्ता गौतमले असोजको पहिलो हप्ताको अनुगमनका क्रममा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पाइएकोले अब पालना नभएको पाइए कडाइका साथ कारवाही गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।

कोभिड-१९ मा भएको खर्च सम्बन्धित निकायले सार्वजनिक गर्नुपर्ने पनि गौतमले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell