PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३६ जनामा कोरोना पुष्टि



एम बम

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३६ जनामा कोरोना पुष्टि

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा बुधवार ४ सय २८ जनाको कोरोना परीक्षण गरिएकोमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

संक्रमितमध्ये २६ जना धनगढीका मात्रै छन्। श्रेष्ठका अनुसार धनगढी उप-महानगरपालिका वडा नम्बर २ का ८ जना र धनगढी उप-महानगरपालिका वडा नम्बर १३ का ८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, वडा नम्बर १, ३ र ५ का दुई/दुई जना, वडा नम्बर ४, ११, १४ र १८ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीकै गोदावरी नगरपालिकाका ४ महिला, ४ पुरुष गरी ८ जना, भजनी ६ कैलालीका १ जना र कृष्णपुर नगरपालिका २ का १ जना गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell