PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध



रासस

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध

चितवन : नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधवार दिउँसो ४ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार लेदो सहितको पहिराले सडक ढाकिएको छ। लेदो बगिरहेकाले काम गर्न कठिनाई भएको जनाइएको छ। पानी पर्न रोकीनासाथ पहिरो पन्छाउने उनले जानकारी दिए।

यस क्षेत्रमा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ। सोही ठाउँमा यस अघि पनि पटकपटक पहिरो खस्दै आएको छ। सडक अवरुद्ध भएसँगै सवारी साधन रोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell