PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

सिरहाका कोरोना संक्रमित पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु



फूलमाया पुरी

सिरहाका कोरोना संक्रमित पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु
फाइल फोटो।

विराटनगर : सिरहाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ती व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

प्रवक्ता डा सापकोटाका अनुसार सिरहाको औरी-३ का ५० वर्षीय पुरुषको मंगलवार राति १२:४५ बजे मृत्यु भएको हो। उनमा मस्तिष्कमा पक्षघात भई पटकपटक दौरा आउने, टाउको दुख्ने र वान्ता आउने समस्या देखिएको थियो। तर, ती व्यक्तिमा कुनै पनि किसिमको दीर्घ रोग भने थिएन।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो। मंगलवार कोरोना संक्रमण पुष्टि भएका ती व्यक्ति न्यूरो अस्पताल विराटनगरबाट रेफर भएका हुन्।

उनी मंगलवार साँझ ६:४५ बजे विपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए। कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको नियम अनुसार शव व्यवस्थापन हुने प्रतिष्ठानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell