विराटनगर : धनकुटामा एक नाबालिकाको घरले पुरिएर मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका-९ नब्बरका धनबहादुर लिम्बुकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको हो।
लिम्बुको ढुङ्गा माटो र टिनको छानो भएको घर थियो। बुधवार अत्यधिक वर्षाका कारण घर भत्किदा सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
बाबु धन बहादुर सामान्य घाइते भएका छन्। साथै सोही घरको मुनी रहेका गाई भैंसी समेत घरले पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
