PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

हुम्लाको सीमा विवादबारे सरकारले भन्यो : चीनले यसअघि घर बनाएको उसकै भूमिमा थप घर बनाएको हो



पहिलोपोस्ट

हुम्लाको सीमा विवादबारे सरकारले भन्यो : चीनले यसअघि घर बनाएको उसकै भूमिमा थप घर बनाएको हो
फाइल फोटो।

काठमाडौं: सरकारले हुम्लामा चीनले घर बनाएको स्थान चीनकै भएको बताएको छ। सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चीनले यसअघि घर बनाएकै स्थानमा थप घर बनाएको र त्यो भूमि उसकै भएको बताएका हुन्।

हुम्लाको लिमी उपत्यकामा चीनले घर बनाएको समाचार सम्प्रेषण भएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले जिल्ला प्रशासन कार्यालय हुम्लाको टोलीले अनुगमन गरेको बताए। टोलीले थप तथ्य ल्याउने उनको भनाइ छ।

प्रवक्ता ज्ञवालीले भने, ‘यस्तै खालको समाचार ०७३ सालमा पनि प्रकाशित भएको रहेछ। र, त्योबेला अन्तर मन्त्रालय छानबिन समिति गठन गरेर टिमले स्थलगत अध्ययन गरेको थियो। त्योबेला बनेका घर चीनतर्फ एक किलोमिटर भूभागमा नै रहेको जानकारी छ। अहिले पनि त्यही भूभागमा नै घर बनाइएको छ।’

नेपाल चीन सीमामा कुनै पनि समस्या नरहेको उनले बताए। त्यस्तै उनले यस्ता विषयमा आधिकारिक धारणा बुझेर मात्रै समाचार सम्प्रेषण गरिदिन आग्रह समेत गरेका छन्। स्थगलत टोली फर्केर आएपछि थप जानकारी सार्वजनिक हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell