PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

मुम्बईले कोलकातासामु प्रस्तुत गर्‍यो १९६ रनको लक्ष्य



पहिलोपोस्ट

मुम्बईले कोलकातासामु प्रस्तुत गर्‍यो १९६ रनको लक्ष्य
Photo: ILP/Twitter

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत अबुधाबीस्थित शेख जायेद स्टेडियममा जारी आजको खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको हो।

मुम्बईको लागि रोहित शर्माले महत्वपूर्ण ८० रनको पारी खेले। उनले ५४ बल खेल्दै ६ छक्का र ३ चौका प्रहार गरे।

दोस्रो ओभरमै सिभम माभीले क्विन्टन डिककलाई एक रनमा आउट गर्दै मुम्बईसामु दबाब सिर्जना गरे। तर, रोहित शर्मा र सूर्यकुमार यादवको पार्टनसिपले मुम्बईको रन उकास्यो। रोहित र सूर्यकुमारले ५८ बलमा ९० रनको साझेदारी गरे। २८ बलमा ६ चौका र १ छक्काको मद्दतले ४७ रन बनाएका सूर्यकुमार ११ औँ ओभरको चौथो बलमा रन आउन हुन पुगे।

त्यसपछि आएका सौरभ तिवारी १३ बलमा २१ रन बनाउँदै १६औँ ओभरमा आउट भए। सुनिल नराइनको बलमा उनी क्याच आउट हुन पुगे। रोहित ८० रन बनाउँदा १८ औँ ओभरमा सुभम माभीको बलमा क्याच आउट भए।

त्यस्तै हार्दिक पान्ड्या १३ बलमा १८ रन बनाएको अवस्थामा आफ्नै ब्याटले स्टेममा लाग्दा आउट भए। आन्द्रे रसेलको ओभरमा उनी हिट विकेटमा आउट हुन पुगेका हुन्। यसैगरी, किरोन पोलार्डले १३ र क्रुनाल पान्ड्याले १ रन जोडे।

कोलकाताका लागि सुभम माभीले उल्लेख्य बल गरे। उनले ३२ रन खर्चिदै २ महत्वपूर्ण विकेट लिए। प्याट कमिन्स भने महँगो सावित भए। ३ ओभर बल गरेका उनले बिना कुनै विकेट ४९ रन खर्चिए।

त्यस्तै, कुलदीप यादवले बिना कुनै विकेट ३९ रन खर्चिए भने सुनिल नराइनले २२ रन खर्चिँदै १ विकेट लिए।

अब केही बेरमा कोलकाता जवाफी ब्याटिङमा उत्रिदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell