PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

चार किलोको पहिरोले फेरि रोक्यो नारायणगढ–मुग्लिन सडक



रासस

चार किलोको पहिरोले फेरि रोक्यो नारायणगढ–मुग्लिन सडक
फाइल फोटो।

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधवार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो। सोही स्थानमा बुधवार दिउँसो ४:३० बजे पहिरो खसेको थियो। पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो।

यता पृथ्वी राजमार्गको नारायणगढ–नौविसे सडक खण्डअन्तर्गत कुरिनटारको पहिरो पन्छाएर बुधवार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। साँझ पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो। केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell