PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

जोन्सन एन्ड जोन्सनको कोभिड-१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा



पहिलोपोस्ट

जोन्सन एन्ड जोन्सनको कोभिड-१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा

वासिङ्टन डीसी : जोन्सन एन्ड जोन्सनले बुधवार कोभिड १९ विरुद्धको खोप परीक्षणको तेस्रो चरणमा पुगेको जनाएको छ। दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि तेस्रो चरणमा प्रवेश गरेको बुधवार जानकारी दिइयो। तेस्रो चरणमा ६० हजार मानिसमा यसको प्रयोग हुनेछ।

जोन्सन एन्ड जोन्सन र अमेरिकाको नेसनल इन्स्टिच्युट फर हेल्थका अनुसार विश्वका विभिन्न मुलुकका २ सय ठाउँका ६० हजारभन्दा धेरै स्वयमसेवीमा यसको क्लिनिकल ट्रायल हुनेछ।

तेस्रो चरणमा प्रवेशसँगै जोन्सन एन्ड जोन्सन विश्वको १० औं कम्पनी भएको छ जसले कोभिड १९ को क्लिनिकल ट्रायलमा यस चरणको सफलता पायो। नेसनल इन्स्टिच्युट फर हेल्थको अनुदान समेत रहेकाले कम्पनीले तयार गर्न लागेको खोप व्यापारमुखि नहुने बताइएको छ। तेस्रो चरणमा सफलता मिल्यो भने सन् २०२१ को सुरुमा नै यसलाई प्रयोगमा ल्याउन सकिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell