नयाँ दिल्ली : भारतको रेलवे राज्यमन्त्री तथा भारतीय जनता पार्टीका सांसद सुरेश अँगाडीको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमित उनको हिजो बुधवार मृत्यु भएको हो। भारतमा केन्द्र सरकारका मन्त्रीकै कोभिड १९ का कारण मृत्यु भएको यो पहिलो घटना हो। हिजो साँझ ८ बजे उनको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनको एम्सको ट्रमा सेन्टरमा मृत्यु भएको हो।
'कोभिड १९ परीक्षण पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सुरुमा उहाँको अवस्था सामान्य नै थियो। सोमवार साँझबाट भने उहाँमा केही समस्या देखिन थाल्यो,' अस्पतालका चिकित्सकले उनलाई बचाउन नसकिएको स्वीकार्दै बताएका छन्। सुरेश अँगाडी बेलागाभीबाट चौथो पटक सांसद रहिसकेका छन्।
Shri Suresh Angadi was an exceptional Karyakarta, who worked hard to make the Party strong in Karnataka. He was a dedicated MP and effective Minister, admired across the spectrum. His demise is saddening. My thoughts are with his family and friends in this sad hour. Om Shanti. pic.twitter.com/2QDHQe0Pmj
— Narendra Modi (@narendramodi) September 23, 2020
