PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नब्बे हजार नाघ्यो भारतमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुने संख्या



पहिलोपोस्ट

नब्बे हजार नाघ्यो भारतमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुने संख्या

नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार पार भएको छ। पछिल्ला १३ दिनमा १५ हजार भन्दा धेरैको मृत्यु भएपछि बुधवार भारतमा मृत्यु हुनेको संख्या ९० हजार माथि पुगेको हो।

बुधवार भारतमा ८६ हजार ८ सय २५ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। सेप्टेम्बरका २३ दिनमा भारतमा २० लाख ४४ हजार ५ सय ७० नयाँ संक्रमित रेकर्ड भयो यो विश्वकै नयाँ रेकर्ड हो। अगस्टमा भारतमा १९ लाख ८७ हजार ७ सय ५ जना संक्रमित थपिएका थिए।

पछिल्लो चार दिनमा भारतमा संक्रमितको संख्या ९० हजार भन्दा तल रहेको छ। बुधवार थपिएका संक्रमितको नयाँ केससँगै भारतमा संक्रमितको संख्याले ५७ लाखको सीमा पार गरेको छ। बुधवारसम्म भारतमा ५७ लाख २७ हजार १ सय ९३ जना संक्रमित छन्। जसमध्ये ४६ लाख ६३ हजार ६ सय २३ जना ठीक भइसकेका छन्। अहिले त्यहाँ एक्टिभ केस ९ लाख ७२ हजार ४ सय ९६ रहेको छ।

केरलामा पहिलो पटक एकै दिन ५ हजारभन्दा बढी संक्रमित थपिएका छन्। राजस्थान र अरुणाञ्चल प्रदेशमा पनि नयाँ रेकर्ड कायम भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell