PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पहिरोले लियो १८ वर्षीय किशोरको ज्यान



रासस

पहिरोले लियो १८ वर्षीय किशोरको ज्यान

वालिङ : गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ। तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए।

वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो। स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको वडा अध्यक्ष पाण्डेले बताए। पहिरोमा पुरिएर एकको मृत्यु भए पनि अन्य भने सकुसल रहेका बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell