PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बालुवाटारमा ओली-प्रचण्ड छलफलमा



पहिलोपोस्ट

बालुवाटारमा ओली-प्रचण्ड छलफलमा

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्। दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

उनले छलफलको विषयबारे जानकारी भने नभएको बताए। तथापि, मन्त्रिपिरषद् पुनर्गठन, संवैधानिक नियुक्ति, पार्टी एकताका बाँकी कामका विषयमा कुराकानी हुन सक्ने स्रोतले बतायो।

यी विषयमा आइबार र मंगलवार बसेको सचिवालय बैठकमा पनि छलफल भएको थियो। आइतवारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न विकल्पमाथि छलफल भएको थियो।

मंगलवारको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम सक्ने गरि १० दिनभित्र प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी दिएको थियो। बैठकले संवैधानिक नियुक्ति प्रक्रिया छिटै अघि बढाउन सरकारलाई आग्रह गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell