PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले शुरु गर्‍यो लाइसेन्स वितरण सेवा



पी बी खड्का

यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले शुरु गर्‍यो लाइसेन्स वितरण सेवा

सुर्खेत : यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण शुरु गरेको छ। बिहीवार एक कार्यक्रमका बीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सेवाग्राहीलाई लाइसेन्स दिएर सेवा शुरु गरेका हुन्।

सो क्रममा मुख्यमन्त्री शाहीले लाइसेन्स छपाइ प्रक्रियाका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारले गृहकार्य शुरु गरिसकेको बताएका छन्। संघीयताले सर्वसाधारण नागरिकलाई छिटो, छरितो सेवा प्रवाह गर्ने अधिकार प्रत्यायोजन गरेकाले लाइसेन्स छपाइको प्रक्रियाका लागि पनि गृहकार्य गरेको भन्दै कार्यालयलाई पारदर्शी तरिकाले सेवा प्रवाह गर्न आग्रह गरे।

गत वर्ष माघ ६ गतदेखि नयाँ लाइसेन्सका लागि आवेदन लिएकाहरु समेतले लाइसेन्स ढिला गरी बल्ल पाएका हुन्। कार्यालयले बिहीवार पहिलो दिन पाँच सय ५३ वटा नयाँ लाइसेन्स वितरण गरेको कार्यालयका निमित्त प्रमुख आनन्द चपाइँले जानकारी दिए।

गत वर्ष माघबाटै सेवा शुरु गरिएपनि लाइसेन्स छपाउन काठमाडौं पठाउनुपर्ने र कोरोना महामारीका कारण लाइसेन्स वितरणमा ढिलाई भएको कार्यालयको भनाइ छ। नयाँ लाइसेन्सबाट मात्रै कार्यालयले आठ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गरेको कार्यालय निमित्त प्रमुख चपाँईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell