PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मन्त्रिपरिषद् पुनर्गठनबारे बालुवाटारमा ओली र प्रचण्डबीच छलफल



पहिलोपोस्ट

मन्त्रिपरिषद् पुनर्गठनबारे बालुवाटारमा ओली र प्रचण्डबीच छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनगर्ठनका बारेमा छलफल भएको छ।

बिहीवार दिउसाे अध्यक्षद्बीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुराकानीको सुरुवात भएको छ,' सापकोटाले भने। गत आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न विकल्पमा छलफल गरेको थियो।

बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पुरा भएकालाई हटाउने र नयाँ राख्ने, राम्रा काम गरेकालाई राख्ने र अवसर नपाएकाहरुलाई भित्र्याउने लगायतका विभिन्न विकल्पमा छलफल भएको थियो।

तथापि निष्कर्ष भने निस्किन सकेको छैन। यस विषयमा आज अध्यक्षद्वयबीच थप छलफल भएको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell