PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आकाश अधिकारीले घोषणा गरे नयाँ फिल्म, शुटिङ तिहारपछि, को को छन् कलाकार?



पहिलोपोस्ट

आकाश अधिकारीले घोषणा गरे नयाँ फिल्म, शुटिङ तिहारपछि, को को छन् कलाकार?

काठमाडौं: निर्माता संघका अध्यक्ष एवं निर्देशक आकाश अधिकारीले बिहीवार नयाँ फिल्मको घोषणा गरेका छन्।

सौगात मल्लको प्रमुख भूमिका रहनेगरी द स्काई मुभिज प्रालिको ब्यानरमा निर्माण हुने नयाँ फिल्मको घोषणा गरिएको हो। फिल्मको नाम भने सार्वजनिक गरिएको छैन।

फिल्मको शुटिङ तिहारपछि सुरु हुने निर्देशक अधिकारीले जानकारी दिएका छन्। यो फिल्मको कथा अधिकारीले नै लेखेका हुन्।

फिल्मका सौगातका अलावा, लोकप्रिय अभिनेता शिव श्रेष्ठ, कलाकारहरु रवीन्द्र झा, सुनिल कटुवाल लगायत छन्। फिल्ममा स्वयम् अधिकारी पनि अभिनयमा हुनेछन्।

फिल्ममा पटकथा/सम्वाद नवविजय प्रकाश श्रेष्ठ, विजय उप्रेती, सजल लोप्चनको छ। छायांकन नवराज कृष्ण थापा, सम्पादक भुपेन्द्र अधिकारी, संगीत राजनराज सिवाकोटी, शिखर सन्तोष, गीतकार अम्बिका शर्मा, राजनराज शिवाकोटीको रहनेछ।

ओएसआर डिजिटल इन्टरटेनिङ्गसँग सहकार्य गरिएको छ। क्रियटिभ निर्माता सम्पदा मल्ल, प्रोडक्सन डिजाइन क्लाउडिया अधिकारी छन्।

प्रमुख सहायक निर्देशक रामसारन कोइराला र सहायक निर्देशक दिपतप्रकाश अधिकारी रहने अधिकारीले फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

दर्शक स्रोताको उत्तरस्वरुप आफूले अहिले आएर फिल्म घोषणा गरेको उनले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell