PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विराटनगरका ७१ सहित प्रदेश १ मा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार नाघ्यो



फूलमाया पुरी

विराटनगरका ७१ सहित प्रदेश १ मा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार नाघ्यो

विराटनगर : प्रदेश १ मा बिहीवार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ४७ महिला र ६७ जना पुरुष रहेका छन्।

बिहीवार मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १/१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र ७१ संक्रमित थपिएका छन्। संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन्। त्यस्तै, मोरङकै बुढीगंगामा २ महिला र ४ पुरुष, सुन्दरहरैचामा २ महिला र २ पुरुष, कटहरीमा २ पुरुष, पथरीशनिश्चरेमा १ महिला, सुनबर्षी र धनपालथानका १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सुनसरीको धरानमा ४ महिला र ९ पुरुष, दुहवीमा १ महिला र ६ पुरुष, इटहरीमा १ पुरुष संक्रमित भएका छन्।

यता, झापाको विर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १/१ पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १/१ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको छ।

प्रदेश १ मा बिहीवार ७ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ४७ महिला र ६७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। यससँगै हालसम्म १ लाख १८ हजार ८ सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell