PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

गोरखापत्रको सम्पादक विवाद, सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा



पहिलोपोस्ट

गोरखापत्रको सम्पादक विवाद, सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा

काठमाडौँः सर्वोच्च अदालतले गोरखापत्र दैनिकको सम्पादक चयन विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। विनियमावली विपरीत सम्पादकीयको जिम्मेवारी दिएको भन्दै प्रबन्ध सम्पादक हरिकला अधिकारीले दायर गरेको रिटमा अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको हो।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले माग दाबी अनुसार आदेश जारी गर्ने वा नगर्ने छलफलका लागि असोज १४ गते दुवै पक्षलाई बोलाएको हो।

गोरखापत्र संस्थान व्यवस्थापनले साउन १६ गते निमित्त प्रधान सम्पादकमा श्रीधर आचार्यलाई नियुक्त गरेको थियो।

सोही मितिमै अधिकारीलाई निमित्त महाप्रबन्धकमा नियुक्त गरिए पनि पत्र बुझ्न अस्वीकार गरेकी थिइन्। आफूलाई संस्थानको विनियमावली अनुसारकै काम लगाउन भन्दै अधिकारीले सर्वोच्चमा भदौ ३१ गते रिट दायर गरेकी थिइन्।

अधिकारीले यसअघि पटक-पटक निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हालेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell