अस्ट्रेलियन पूर्व क्रिकेटर डिन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ। विभिन्न टिमहरुको प्रशिक्षकसमेत रहिसकेका उनी कमेन्टेटर पनि थिए। उनले अस्ट्रेलियाका लागि टेस्ट र वान डे क्रिकेट पनि खेलेका थिए।
उनको मुम्बइमा हार्ट अट्याकका कारण निधन भएको हो। उनी इण्डीयन प्रिमियर लिगको कमेन्ट्री प्यानलमा पनि थिए।
८० दशकको अन्त्यतिर र ९० को दशकको सुरुतिर उनलाई विश्वको उत्कृष्ट ब्याट्स्म्यानका रुपमा चिनिने गरिन्थ्यो। सन् १९८४ को १६ मार्चमा उनले वेस्ट इण्डिजविरुद्ध अस्ट्रेलियन टिमबाट टेस्ट डेब्यु गरेका थिए। आफ्नो करियरमा उनले ५२ टेस्ट खेले जसमा ४६.५५ को औशतमा ३६३१ रन बनाए। जसमा ११ शतकसहित बेस्ट स्कोर २१६ रन थियो। वानडेमा भने १९८४ जनवरी ३० मा पाकिस्तान विरुद्ध डेब्यु गरेका थिए।
अस्ट्रेलियाका लागि उनले १६४ वानडे खेलेका थिए। जसमा ६०६८ रन बनाएका थिए। वानडेमा उनले ७ शतकसहित ४६ अर्धशतक लगाएका थिए।
