PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

बुटवलको कोरोना विशेष अस्पतालमा कोरोनाका कारण एक महिलाको मृत्यु



रासस

बुटवलको कोरोना विशेष अस्पतालमा कोरोनाका कारण एक महिलाको मृत्यु

रुपन्देही : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कपिलवस्तु वाणगंगा नगरपालिका-११ वनगाइका ७० वर्षीया महिलाको बिहीवार साँझ मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार मिर्गौलाको समस्या भएकी ती महिला यही असोज ५ गते अस्पतालमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहेको थियो। बिहीवार बिहान कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell