PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो २ हजार रन पुर्‍याउने खेलाडी



पहिलोपोस्ट

केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो २ हजार रन पुर्‍याउने खेलाडी

इण्डियन प्रिमियर लिग अन्तर्गत किंग्स ११ पञ्जाव र रोयल च्यालेन्जर बेङ्ग्लोरबीच प्रतिस्पर्धा जारी छ। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबका लागि कप्तान केएल राहुलले ब्याटिङमा कीर्तिमान कायम गरेका छन्।

उनले सचिन तेन्दुलकरको आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाएको रेकर्ड तोडेका हुन्। तेन्दुल्करले यो रेकर्ड ६३ इन्निङसमा पुरा गरेका थिए भने राहुलले यो ६०औं इन्निङमा पुरा गरे। छिटो २ हजार रन बनाउने खेलाडीको सूचिको तेस्रो स्थानमा गौतम गम्भीर र चौथो स्थानमा सुरेश रैना छन्। उनीहरुले क्रमश ६८ र ६९ इन्निङस्मा २ हजार रन पुरा गरेका थिए।

यो सँगै राहुल आईपीएलमा २ हजार रन पुरा गर्ने ३२ औं खेलाडीसमेत बनेका छन्। त्यस्तै २० औं इण्डियन ब्याट्सम्यान बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell