इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा किंग्स ११ पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको हो।
पञ्जाबको जितका कप्तान केएल राहुलले शतकीय पारी खेले। उनले ६९ बलमा १३२ रन जोड्दै पञ्जाबको पारी उकासे। आईपीएलको जारी सिजन यो पहिलो शतक हो।
त्यस्तै मयंक अग्रवालले २६ रन तथा निकोलस पुरनले १७ रन जोडे।
अर्कोतर्फ आरसीबीका लागि शिवम दुवेले २ विकेट लिँदा युजवेन्द्र चहालले १ विकेट लिए।
छिटो २ हजार रन बनाउने खेलाडी
केएल राहुलले ब्याटिङमा कीर्तिमान कायम गरेका छन्।
उनले सचिन तेन्दुलकरको आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाएको रेकर्ड तोडेका हुन्। तेन्दुल्करले यो रेकर्ड ६३ इन्निङसमा पुरा गरेका थिए भने राहुलले यो ६औं इन्निङमा पुरा गरे। छिटो २ हजार रन बनाउने खेलाडीको सूचिको तेस्रो स्थानमा गौतम गम्भीर र चौथो स्थानमा सुरेश रैना छन्। उनीहरुले क्रमश ६८ र ६९ इन्निङस्मा २ हजार रन पुरा गरेका थिए।
