काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। बाणगङ्गा नगरपालिका निवासी ७५ वर्षीय महिलाको बिहीवार साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ।
असोज ५ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला लामो समयदेखि दमको बिरामी रहेको बताइएको छ। योसँगै कपिलवस्तुमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।
