PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बेङ्गलोरमाथि पञ्जाबको सानदार जित



पहिलोपोस्ट

बेङ्गलोरमाथि पञ्जाबको सानदार जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले किंग्स ११ पञ्जाब सँग लज्जास्पद हार ब्यहोरेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले ९७ रनको फराकिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो।

पञ्जाबको जितका कप्तान केएल राहुलले शतकीय पारी खेले। उनले ६९ बलमा १३२ रन जोड्दै पञ्जाबको पारी उकासे।

त्यस्तै मयंक अग्रवालले २६ रन तथा निकोलस पुरनले १७ रन जोडे।

अर्कोतर्फ आरसीबीका लागि शिवम दुवेले २ विकेट लिँदा युजवेन्द्र चहालले १ विकेट लिए।

२०७ रनको ठूलो लक्ष्य पछ्याएको बेङ्लोरका ब्याट्सम्याहरु चल्न सकेनन्। बेङ्ग्लोरले १७ ओभरसकिँदा १०९ रनमा अलआउट भयो।

बेङ्ग्लोरका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रन बनाउँदा एबि डी भिलियर्सले २८ तथा आरोन फिन्सले २० रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन। कप्तान विराट कोहली समेत १ रन बनाएर आउट भएका थिए।

पञ्जाबका लागि रबि बिस्नोइ र मुरुगन अश्विनले सर्वाधिक ३/३ विकेट लिँदा सेल्डन कोट्रेलले २ विकेट तथा मोहम्मद सामी र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।

अघिल्लो खेलमा बेङ्ग्लोरले सन राइजर्स हैदराबादमाथि जित निकालेको थियो भने पञ्जाब दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell