PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

युईएफए सुपरकपको उपाधि बायर्न म्युनिखलाई



पहिलोपोस्ट

युईएफए सुपरकपको उपाधि बायर्न म्युनिखलाई

जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब सेभियालाई हराउँदै युईएफए सुपर कपको उपाधि जितेको छ। १५ हजार १८० समर्थक उपस्थित रहेको खेलमा बायर्नले २-१ को रोमाञ्चक जित निकालेको हो।

खेलमा सेभियाले अग्रता बनाएको थियो। खेलको १३ औं मिनेटमा लुकास ओकाम्पसले पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता बनाएका थिए। इभान राकेटिचलाई डेभिड अल्भाले फउल गरेपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो। तर सेभियाको अग्रता लामो समय भने टिकेन। खेलको ३४ औं मिनेटमा लिओन गोरेट्जकाले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफमा १-१ को बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा कुनै गोल भएन। निर्धारित ९० मिनेटमा खेल निर्णायक मोडमा नपुगेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। जसमा जाभी मार्टिनेजले १०४ औं मिनेटमा गोल गरे। जुन बायर्नको जितका लागि निर्णायक बन्न पुग्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell